ओखलढुङ्गााको माम्खामा पहिरो जाँदा एक दम्पतिको मृत्यु , पाँच जलविद्युत आयोजना तथा आधा दर्जन झुलुङ्गे पुल ध्वस्त

ओखलढुङ्गााको माम्खामा पहिरो जाँदा एक दम्पतिको मृत्यु , पाँच जलविद्युत आयोजना तथा आधा दर्जन झुलुङ्गे पुल ध्वस्त

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं,१४ भदौ ।

ओखलढुङ्गााको माङ्खा गााविसमा गएराति झरेको पहिरोमा परि २ जनाको मुत्यु भएको छ ।माम्खा ८ का ६८ बर्षीया अविराज दाहाल र उनकी ६७ बर्षीया श्रीमति हर्कमाया दाहालको मुत्यु भएको हो ।

बाढीले बगाएर ठोट्ने खोलामा पुर्याएको अवस्थामा शब भेटीएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गााका प्रहरी निरिक्षक बैद्यनाथ यादवले जानकारी दिनुभयो ।

सोलुखुम्बुको नेचा गाविससंगै जोडिएको माङ्खा गाविसका ८ र ९ नम्बर वडाहरुमा पर्ने गैरीसोलागा हुदै ठोट्ने खोलामा आएको बाढिले ठुलो क्षति पु¥याएको छ ।

आइतबार राति परेको अविरल वर्षा र बाढीका कारण माक्खामा पाँचओटा पुल र पाँचओटा लघु जलविद्युत् आयोजना ध्वस्त भएका छन् । बाढीले ठोट्ने खोला किनारबाट करिब २ सय मिटर आसपासका भौतिक संरचना ध्वस्त भएका छन् ।

बाढीले ओडाहारे लघु जलविद्युत आयोजना, पहिरे लघुजलद्यिुत् आयोजना, चामल लघु जलविद्युत् आयोजना, रुम्जाटार सानो जलविद्युत् आयोजना र कलिबेली ओडाहारे लघु जलविद्युत् आयोजना पूर्ण रुपमा नष्ट भएका छन् ।

उद्धारका लागि प्रहरीको घटनास्थलमा पुगेको छ । बाढिले ठोट्ने खोल लघु जलविद्युत आयोजना तथा ठोट्ने खोलमा रहेका आधा दर्जन झुलुङ्गे पुल र हालै सम्पन्न भएको माङ्खा र रुम्जाटार जोड्ने पक्की पुल समेत बगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ