भक्तपुर, १४ भदौ ।
नेकपा–माओवादीका सचिव देब गुरुङले टिकापुर घटना सरकारले विवेक पु¥याउन नसक्दाको परिणाम भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले अखण्ड सुदुर पश्चिम आन्दोलनकारीलाई संरक्षण र थारुहरुको वर्चश्व रहेको टिकापुरमा मात्र लगाएको कफ्र्युका कारण कैलाली घटना भएको बताउनु भएको छ ।
उहाँले भन्नु भयो बारम्बार कफ्र्यु हटाउनु माग गर्दा समेत नहटाएपछि बाध्य भएर कफ्र्यु तोड्ने क्रममा सो घटना घटेको र आन्दोलनका क्रममा यस्ता दुःखद् घटना स्वभाविक रहेको बताउनु भयो ।
कैलाली आन्दोलनमा जसरी नेपाल सरकार र विभिन्न राजनीतिक दलहरुले घुसपैठ भएको भन्दै विभिन्न खालका आरोप लगाएका छन् त्यो सरासर गलत भएको भन्दै गुरुङले भन्नु भयो आन्दोलनलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको र आन्दोलनमा प्रशासन र नेपाल सरकारको कमजोरीकै कारण दुःखद् घटना घटेको उहाँको टिप्पणी थियो ।
उहाँले सरकार पक्षसँग मात्र हतियार भएको र बालकको मृत्यु सरकार पक्षकै गोली लागि भएको भन्दै अन्य पक्षलाई आरोप लगाउनु गलत हो ।
उहाँले भन्नु भयो राजनीतिक दलहरुले विदेशीहरुको गोट्टीको भूमिका खेल्दा राष्ट्रिय अस्मिता खतरामा परेको छ ।
संविधान निर्माण भन्दा पनि पदको बार्गेनिङ्गले संविधान जारी नहुने भन्दै विदेशीहरुले ठूला राजनीतिक दलका नेताहरुलाई आफू अनुकूल परिचालन गरेको उहाँले बताउनु भयो । दलाल नेताहरुको उत्पादन गर्दै नेपाली भूमिमा आफ्नो शक्ति कायम जारी राख्ने र आफ्नो स्वार्थ पुरा गर्ने बिदेशीहरुको चाहनालाई नेताहरुको सहयोगले देशमा संक्रमण परेको र देशको सुरक्षा अवस्था खतरामा परेको बताउनु भयो ।
बर्तमान समयमा संकलन गरिएको मस्यौदा संकलनलाई नियाल्दा त्यसले पनि पश्चगामी संविधान जारीको दिशा समातेको भन्दै संविधान जारी भए पनि त्यो नेपालीका लागि भन्दा बिदेशीका हितमा हुने र त्यो पश्चगामी नै हुने उहाँको भनाई थियो ।
नेपाली भूमि अहिले मात्र मिचिएको होईन यो परापूर्वकाल देखिकै निरन्तरता भएको भन्दै उहाँले भन्नु भयो लिपु लेक नेपालको भएको र भारतले गरेको हस्तक्षेपका बारे नेपालका ठूला दल र नेपालको कुटनीतिक पक्ष चुप लाग्दा नेपालको भूमिमा भारतको रजाई चलेको छ । आफ्नो सिमाका बारे बेलैमा सरकारले नेपालीलाई जानकारी दिनु पर्ने उहाँको भनाई छ ।