दिउसो सुत्दा हुदैन हृदयघात, हेर्नुस दिउसो निदाउदाका फाइदै फाइदा

दिउसो सुत्दा हुदैन हृदयघात, हेर्नुस दिउसो निदाउदाका फाइदै फाइदा

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

तपाई दिनमा सुत्ने गर्नुहुन्छ ? यहि कारण तपाई तनावमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन ।

दिनमा सुत्नाले आराम महशुस मात्र गर्नुहुनेछैन तपाई उच्च रक्तचाप (ब्लडप्रेसर) र भविश्यमा हुन सक्ने हृदयघात बाट समेत सुरक्षीत रहनुहुनेछ ।

एजेन्सको आस्कलेपियन जनरल हस्पिटलका शोधकर्ताले गरेको अनुसन्धानका क्रममा दिनमा सुत्ने मानिसलाई तत्काल शरिरमा स्फुर्ति आउनुका साथै भविश्यमा पनि हृदयघात नहुने तथ्य फेला परेको जनाएका छन् ।

हालै युरोपियन सोसाइटि अफ कार्डियोलोजी सम्मेलनमा प्रस्तुत गरिएको सो शोधपत्रमा हृदयघात कम गर्न दिनमा केहि समय आरमसँग सुत्न पर्ने सुझाव सिहितको रिपोर्ट प्रस्तुत गरिएको थियो ।
हरेक साल हुने कार्डियोलोजी सम्मेलनमा ४ सय जना पुरुष÷महिलामा गरिएको अनुसन्धानका क्रममा उनीहरुको आयु वर्ग भने ६१ रहेको देखाईएको छ ।

भविश्यमा उच्च रत्तचापहुन सक्ने गुनासो गरेका ब्यत्तिहरुलाई सो अनुसन्धानका क्रममा सामेल गराईएको थियो ।
ती मध्ये जो दिनको दुई बजे पछि एक्कैछिन आखा चिम्लिएर आराम गर्ने गरेका थिए तीनिहरुमा उच्च रत्तचाप पांच प्रतिशतले कमी भएको पाईएको रिपोर्टमा उल्लेख छ ।

जसले एक घण्टा सुतेका थिए ,उनीहरुमा भने अझै राम्रौ पाईयो ।

मुख्य अनुसन्धानकर्ता डाँ मनोलिस कैलिसस्ट्राटोसले सम्मेलनमा बोल्दै भने ,हामिले बितेको समयबाट पनि केहि सिक्नु पर्छ ,युनाईटेड किंगडमका दुई प्रधानमन्त्री विंस्टन चर्चिल
र मार्गरेट थेचर जो दुई बजेपछि सधै सुत्ने गर्थे ।

चर्चिल बिहानको खाना खाएपछि र थेचर दुई बजे पछि तीन बजेसम्म एक घण्टा सधै सुत्ने गर्दथे ।

उनले अहिलेको परिवर्तीत जीवनशैलिका अनुसार मानिसहरु बिहान पाँच देखि बेलुकी पाचँ सम्म नै काम गर्ने र दिनमा आराम नगर्ने गरेका कारण उच्च रत्तचाप बढ्दै गएको धारणा राखे ।

ब्यस्त जीवनशैलीका कारण अहिले मानिस चाहेर पनि दिनमा सुत्न नसकेको उनको भनाई छ ।

साथै अनुसन्धाममा उच्च रत्तचाप भएकाहरुले पनि दिनमा चार कप भन्दा धेरै बढि कफी पिउनाले हृदयघातको सिकार बन्न सक्ने देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी