धरान,१४ भदौ ।
केही समयअघिबाट क्यान्सर रोगबाट पिडित बनेकी धरान १५ गनतन्त्र बस्तीकी मुनराईको उपचारका लागी मुना राई उपचार सहयोग समिति गठन गरिएकोे छ ।
उपचारका लागी सम्पुर्ण खर्च उपचारमै खर्च गर्नै उदेश्यले समितिले निश्चल पालिखेको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा रबिन्द्र याक्सो लिम्बु,सचिवमा खगेन्द्र कुवर,कोषअध्यक्षमा दिलु कुमारी लिम्बु र सदस्यहरुमा सुन्दर श्रेष्ठ,डम्बर बहादुर गुरुङ्ग, बिरामीका बुबा जयप्रसाल राई,करुण राई,रिकेश शाक्य,बिर्खबहादुर राई,र सन्त कुमार राई रहेका छन ।
आज धरान ७ स्थित होटल मेट्रो फुड फयाक्ट्रीमा एक पत्रकार सम्मेलनको आयोजना गरि गरिबिको अभावमा उपभार गराउन नसकेकी राईको सहयोगार्थ समिति गठन गरिएको समितिका अध्यक्ष निश्चल पलिखेले जानकारी दिनुभयो ।
उहाले समाजमा मानवताको कामका लागी सो समिति गठन गरिएको र देश बिदेशमा सहयोगको आहवान गरिने बताउनुभयो ।
पालिखेले बिरामी १३ बर्षिय बालीककाको उपचारका लागी करिब १२ लाख लाग्ने र राईको आर्थिक अवस्था एकदमै कमजोर भएकाले सो बराबरको रकम उठाउनका लागी पनि सो समिति गठन गरिएको अध्यक्ष पलिखेले बताउनुभयो ।
उहाले समाजमा सामाजिक प्राण्ी भएको नाताले परेकाहरुलाई सहयोग गर्नू आपहरुको कर्तव्य भएको भन्दै यसअघि पनि क्यन्सर पिडितबालबालिकालाई सहयोग गरिसकेको बताउनुभयो ।
उहाले सहयोगका लागी बिभिन्न सामाजिक सञ्जालका माध्यमत तथा पत्रपत्रिको साहाराले देश बिदेशमा समेत पहल भईरहेको बतउानुभयो ।
हाल सम्म समितिले ४० हजार ८ सय रुपैया उठाईसकेको र राईको उपचारमा २७ हजार खर्च भएको समेत बताउनुभयो ।
करिब १२ लाख रकम उठाउने लक्ष्य लिई सञ्चालन गरेको अभियानमा अध्यक्ष पालिखेले सबैसंग सहयोगको हात बढाईदिनुहुन आग्रह समेत गरिएको छ ।