सुनसरीको ईटहरी लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै ,प्रहरीद्धारा बिशेष अपरेसन सुरु 

सुनसरीको ईटहरी लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै ,प्रहरीद्धारा बिशेष अपरेसन सुरु 

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, १४ भदौ ।

पूर्वको ब्यापारीक केन्द्र इटहरी पछिल्लो समय सुनसरीको ईटहरी लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै ,प्रहरीद्धारा बिशेष अपरेसन सुरु को बिशेष ट्रान्जिट प्वाइन्ट बन्दै गएको प्रमाण फेला परेको छ ।

सुनसरीको इटहरीबाट दुइ साताको अन्तरमा प्रहरीले भारीमात्रामा लागु औषध बरामद गरेपछि इटहरी लागु औषध कारोबार स्थलको मुख्य केन्द्र बनेको पाइएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीले आइतबार भारीमात्रामा लागुपदार्थ सहित कारोबारमा संलग्न मध्ये एकलाई सार्वजनीक गरेको छ ।

इटहरीको दिपेन्द्र चौकबाट लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा इटहरी ५ का ४० बर्षीय रोहीत कार्कीलाई पक्राउ गरी आज सार्वजनीक गरेको हो ।

लागु औषधको कारोबार गर्दा गर्दे रंगेहात कार्की पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पक्राउ परेका कार्कीको साथबाट प्रहरीले लागु औषध बिक्री गरेको २२ हजार ६ सय नगर सहित ६ थान नाइट्रोजन टयाब्लेट , एकसय एमएलको ६७ बोतल कोरेक्स , र स्पास्मो प्रोक्सिवन ६० क्याप्सुअल लागु औषध बरामद गरेको छ ।

पक्राउ परेका कार्की बिरुद्ध लागु औषध बेचबिखन ऐन सम्बन्धि कानुनी कार्वाही अघी बढाइने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओम प्रकाश अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ