बिद्यालयको लापरवाहीका कारण झापामा बिद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित 

बिद्यालयको लापरवाहीका कारण झापामा बिद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित 

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

बिर्तामोड ,१४ भाद्र ।

त्रिदेव बहुमुखि क्याम्पस चारआलीले ६तग जना बिद्यार्थीको भविस्यमाथी खेलवाड गरेको खुलेको छ ।

स्नातक तहका ६ जना बिद्यार्थीको बिगत ८ महिनादेखि भर्ना गरेर शुल्क समेत लिइरहेपनि परिक्षा दिनबाट बञ्चित गराएको खुलेको हो ।

आगामी असोज ५ गतेबाट हुनगइरहेको स्नातक तहको परिक्षा दिन नपाउने भनिएपछि बिद्यार्थीहरुले आइतवार जिल्ला प्रसासन कार्यालय झापामा बिद्यालयको लापरवारीका बिरुद्ध कारवाहीको माग गर्दै उजुरी समेत दिएका छन् ।

उजुरी दिनेहरुमा स्नातक तहमा अध्यानरत टिका निरौला, रामकुमार मगर, सुस्मा तामाङ, कृपा बराल, नेहा गुप्ता रहेका छन् ।
बिद्यालयले लापरवाही गरेको छ , क्षतिपुर्ती सहित कारवार्ही हुनुपर्छ ‘–बिद्यार्थी टिका निरौलाले मेचि खवरलाई गुनासो गर्दै भनिन् ।’ उनले हाम्रो भविस्यमाथी खेलवाड भएको प्रती प्रसासनले तुरुन्त कारवार्ही प्रकृया सुरु गर्नुपर्नेमा जोड दिएकी छन् ।

त्रिभुवन बिश्व बिद्यालयको कानुनि प्रावधान अनुसार बिद्यालयमा भर्ना भएको १० महिना बितेपछि मात्र परिक्षा लेख्न पाउने भनिएको छ ।

सम्बन्धित बिद्यार्थीको बिद्यालयमा भर्ना भएको ८ महिना मात्र पुगेकाले परिक्षा लेख्न नमिलेको बताइन्छ ।

११ र १२ को पुरक परिक्षाको नतिजा ढिलो आउनाले बिद्यार्थीहरुको समय नपुगेको हो । समयसिमा नपुगेको जानकारी हुदाँ–हुदै पनि त्रिविले बिद्यार्थीको परिक्षा फारम समेत बुझेकाले समस्याले चरम रुप लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी