काठमाडौ १४ भदौ ।
अनसनरत डाक्टर गोविन्द केसीको मागलाई सरकारले बेवास्ता गरेको भन्दैै त्रिवि शिक्षण अस्पतलाका आवासीय चिकित्सकहरुले आजबाट दिउसो २ बजेबाट आकस्मिक बाहेकका सबै सेवा बहिस्कारको घोषणा गरेका छन् ।
एक साता यता आमरण अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले माग सम्बोधनप्रति कुनै चासो नदिएको भन्दै उनीहरुले यस्तो घोषणा गरेका हुन् ।
शिक्षण अस्पतालका रेजिडेन्ट र एमबिबीएसका करिब आठ सय विद्यार्थीले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् । त्यहाँ अध्ययनरत एमबिबीएसका विद्यार्थी हिजोबाटै नियमित कक्षामा सहभागी छैनन् ।
डा. केसीको माग सम्बोधनमा सरकार उदासिन देखिएकाले ओपिडी सेवा बन्दको घोषणा गरिएको नेशनल रेजिडेन्ट डाक्टर्स एसोसियसनका अध्यक्ष डा. नरमान लामिछानेले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline