लगातारको बन्दले जनजीवन असहज बन्दै

लगातारको बन्दले जनजीवन असहज बन्दै

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १४ भदौ । 

प्रदेशको सिमांकन लगायत विभिन्न माग राख्दै विभिन्न दल तथा समुहले आह्वान गरेको बन्दका कारण तराईका बिभिन्न जिल्लाको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ ।

बन्दका कारण सहज रुपमा सवारी साधन सन्चालनमा आउन नसक्दा एक ठाउ बाट अर्को ठाउमा जाने यात्रुहरुलाई सास्ती परेको छ भने धेरै ठाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।

विद्यालय खुल्न नसक्दा विद्यार्थीको पठन पाठन प्रभावित बनेको छ । पूर्वी तराईका मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा लगायत पश्चिम तराईका बाँके, वर्दियामा बन्दको बढी प्रभाव देखिएको छ ।

उता कैलालीको टीकापुरमा एक साता देखिकोे कफ्र्यु जारी रहँदा जनजीवन असहज बन्दै गएको छ । स्थानीय बासिन्दा घर भित्र बन्दी झै थुनिएर बस्न बाध्य छन् ।

चाडपर्व नजिकिंदै गर्दा भैरहेको बन्द, हडताल र कर्फ्युका कारण दैनिक उपभोग्य सामान पर्याप्त ढुवानी हुन सकेको छैन ।

यता सरकारले अभाव हुन नदिन सुरक्षा सहित ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ । प्रहरीको सुरक्षामा मालबाहक गाडी गुडिरहेकाले अत्यवाश्यक सामानको अभाव नहुने सरकारको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ