उदयपुर,भदौ १३ गते ।
पूर्बी तराईमा उदयपुर,सिराहा, सप्तरी,सुनसरी मोरङ र झापालाई कोचिला प्रदेशको माग राख्दै १९ दिन लामो आन्दोलन उदयपुरको सदमुकाम गाईघाटमा भई रहेको छ ।
यहाँका थारु कल्याकारिणी सभा र थरुहट ÷थारुवान संयुक्त संघर्ष समितिले समुदायले ११ बुधे माग राख्दै जिल्ला प्रशासन कार्यालय उदयपुरको प्रमुख जिल्ला अधिकारी मार्फत आफ्नो माग संम्बोधन गरियोस भन्दै आज आईतबार बिज्ञापन पत्र बुझाएको छ ।
देशमा रहेको १८ लाख भन्दाबढी थारुहरुलाई अल्पसंख्यक प्रदेशमा पारिइएका भन्दै पूर्बी कोचिला प्रदेशको माग राख्दै आएको छ । चितवनदेखि कैलाली कन्चनपुरसम्मको भूभाग मिलाई थरुहट प्रदेशको माग राख्दै थारु कल्याणकारिणी सभा र थरुहट थारुवान संघर्ष समितिले आमहड्ताल गदै आएका हुन् ।
यहाँको थारु समुदायले टीकापुरको घटना निष्पक्ष र स्वतन्त्र गरिनु पर्ने , तुरुन्त सेना ब्यारेक फिर्ता बोलाउनु पर्ने,आन्दोलनको क्रममा गिरप्तार गरेकालाई निसर्त रिहा गरिनु पर्ने,प्रदेश भित्र अल्पसंख्यकलाई बिशेष क्षेत्र, आरक्षित तथा स्वायत्त क्षेत्रको ब्यबस्था गरिनु पर्ने ,आदिबासी थारु आयोग गठन गरिनु पर्ने , पूर्ण समानुपातिक प्रणाली र धर्मनिरपेक्ष राज्य ब्यबस्था कायम गरिनु पर्ने, र अन्तरिम संबिधान –२०६३ को धारा १३८(१)र(२) लाई अक्षरस पालना गरिनु पर्ने लगायतको माग राख्दै संघर्ष समितिको जिल्ला संयोजक प्रदीप कुमार चौधरीले प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे मार्फत प्रधानमन्त्रीलाई पठाईएको हो । उदयपुरको प्रजिअ घिमिरेले आधा घण्टा भित्र प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाण्डौ ज्ञापन पत्र पठाई सक्ने बतानु भएको छ ।
कैलाली टीकापुरको प्रहरी बरिष्ट उपरीक्षक लक्ष्मण न्यौपाने सहित ८ जना प्रहरीले ज्यान गुमाएकोमा खेद प्रकट गर्दै आन्दोलनमा घुस पैठ भएको जिकि गर्दै आएका छन् । कर्फू लागेको बेलामा टीकापुरको थारुहरुका घर छानीछानी आगोल लगाएकोमा घोर भत्र्सना गरेको छ ।
राष्ट्रपतिको अनुमति बेगर सेना परिचालन गरेकोमा आन्दोलन कारीहरुले तत्काल फिर्ता बोलाउन आग्रहसमेत गरेका छन् ।
भदौ ९ गतेदेखि विद्यालय खुल्ला गरिएको छ । दिउसो १२ बजेदेखि बजार, पसल, आन्तरिक यातायात पनि खुल्ला गरिएको छ । १२ बजेदेखि भने जनजीवन सामान्य बन्दै गएको छ । दैनिक उपभोग्य बस्तुका पसलहरु, होटल, खाद्यान्न पसल, तरकारी बजार आदि खुलेका छन् । मानिसको चलहपहल बढ्नुका साथै आन्तरिक यातायात सेवा पनि सन्चालनमा आएको छ ।
आन्दोलनबाट सबैकुरा ठप्प रहेको अवस्थामा चालिएको बन्दकर्ताको यो कदमबाट सर्बसाधारणले निकै राहत महशुस गरेका छन् भने यो कदमको ब्यापार, ब्यावसाय, नागरिक समाज र सर्बसाधारणले स्वागत पनि गरेका छन् ।
स्थानीय प्रशासनले आन्दोलनको क्रममा हुनसक्ने अराजक गतिविधि र अप्रिय घटनालाई रोक्न सम्बेदनशीलता अपनाएको हो । सुरक्षाकर्मीको परिचालनलाई थप तिब्र पारिएको छ ।
बहुसंख्याक थारुहरुलाई फुटाउन खोजिएको आरोप उहाँको छ । तराईमा तीन प्रदेश बनाउनुपर्ने माग गर्दै उहाँले माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
पश्चिमको थारुलाई मात्र सम्बोधन गरेर पूर्वका थारु आन्दोलनलाई सम्बोधन नगर्दा पनि समस्या हल नहुने समेत प्रष्ट ज्ञापन पत्रमा भनिएको छ ।
विभिन्न सरोकारवाला पक्षहरुले आन्दोलनका कारण निरन्तर बन्द तथा आमहड्तालको कारण ब्यापार, ब्यवासाय, यातायात सेवाहरु ठप्प भई जनजीवन अस्तब्यस्त बनेकोले सरकारले बार्ता र छलफलबाट समस्या समाधानमा लाग्नुपर्ने सुझाव छ ।
गत साउन २७ गतेदेखिको थारु संघर्ष समितिको अनिश्चितकालिन आमहड्ताल र त्यसैबीचमा ३० दलीय मोर्चा र आदिबासी जनजाति महासंघको बन्दका कारण उदयपुरको जनजीवन ठप्प बनेको थियो ।
जिल्लाको प्रमुख नाकाहरुमा सप्तरी र सिरहा पर्ने भएकोले उक्त क्षेत्रको कडा बन्दको प्रभाव भने जिल्लामा परेकै छ । लामो दुरीका कुनै पनि यातायात नचल्दा यात्रु विचल्नीमा परेको छ भने खाद्यान्न लगायतका निर्माणका सामग्री, पेट्रोलियम पदार्थ आपुर्ती हुन सकेको छैन ।