अहिलेको अवस्थामा सरकारसग‘ वार्ता हुदैनः अशोक राई

अहिलेको अवस्थामा सरकारसग‘ वार्ता हुदैनः अशोक राई

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, १३ भदौ ।
संघीय समाजवादीका बरिष्ठ नेता अशोक राईले अहिलेकै अवस्थामा सरकारसँग वार्ताका हुँन नसक्ने बताए । सरकारले देशभर शान्तिपूर्ण आन्दोलनमाथि दमन जारी राखेको र ठाउँठाउँमा कर्फुयु जारी गरेको भन्दै वार्ताको वातावरण नभएको बताए ।
नेता राईले आइतबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । “नेपालको आन्दोलन पहिचान वरिपरि नै घुमिरहेको छ । पहिचान विरोधीहरुले संघीयतालाई जातिय राज्यसँग जोडेर प्रचारमा लागेका छन्” नेता राईले कार्यक्रममा बोल्दै भने ।
हतियार राख्ने अधिकार राज्यसँग मात्र भएको भन्दै राईले टीकापुर लगायतका क्षेत्रमा जनताले शान्तिपूर्ण आन्दोलन गरेको बताए । उनले अगाडि भने, “हतियार राख्ने अधिकार जनतालाई छैन । त्यो अधिकार राज्यसँग छ । मधेस, टीकापुर लगायत क्षेत्रमा आएका आन्दोलन शान्तिपूर्ण हुन् तर आन्दोलन भनेको कविता लेखेजस्तो हुँदैन ।”
संघीय समाजवादी शिल्पी महासंघले संविधानमा दलित शब्द राख्न नहुँने भन्दै दाबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ