धनगढीको कर्फ्यु आजबाट केही खुकुलो

धनगढीको कर्फ्यु आजबाट केही खुकुलो

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ १३ भदौ । 

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कैलालीको धनगढी नगरपालिकामा लगाइएको कर्फ्यु आजबाट केही खुकुलो पारिएको छ ।

स्थानिय प्रशासनले सात दिन यता दैनिक लगाउंदै आएको कर्फ्यु आजबाट एक घण्टा घटाएको हो ।

धनगढी नगरपालिकामा बिहान साढे ११ बजेदेखि साँझ साढे ६ बजेसम्म लगाउदै आएको कर्फ्यु आजबाट साँझ ५ बजेसम्मलाई मात्र कायम राखिएको स्थानीय प्रशासनले जनाएको छ ।

उता, दंगाग्रस्त क्षेत्र घोषणा गरिएका कैलालीका टीकापुर र भजनी त्रिशक्तिनगरपालिका सहित दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुर गाविसमा लगाइएको कफ्र्यूलाई आजपनि कायमै छ ।

लगातारको कर्फ्युले कैलालीको जनजीवन कष्टकर बन्दै गएको छ । दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेनाको उपस्थिति रहेको छ ।

सोमबारको हिंसापछि लगातार कर्फ्युका कारण दैनिक उपभोग्य बस्तुको अभाव भएपछि टीकापुरबासीको जनजीवन अत्यन्त कष्टकर बन्न थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ