काठमाडौ १३ भदौ ।
काठमाडौ उपत्यका लगायत देशका विभिन्न ठाउँका नेवार समुदायले आज गाइजात्रा पर्व धुमधामका साथ मनाउदैछन् ।
श्रावणकृष्ण प्रतिपदादेखि भाद्र कृष्ण अष्टमीसम्म आठ दिन मनाउने यस पर्वमा एक वर्षअघि देखि मृत्यु भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन रहेको छ ।
काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि, रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक र्पयो भनेर देखाउन यो जात्रा निकाल्न थालेको जनविश्वास रहिआएको छ ।
काठमाडौं उपत्यकालगायत मूख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरा, तानसेनमा पनि यो पर्व मनाइन्छ ।
मरेका आफन्तको शोकमा डुबेका परिवारलाई हसाउने पर्व भएकाले यस पर्वमा विभिन्न किसिमका हास्यव्यंग्यात्मक कार्यक्रमहरु पनि गर्ने गरिन्छ । आज हास्य कलाकारहरुले ठाउँ ठाउँमा कार्यक्रमको आयोजना गरेको छ । गाई जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।