के लेखीले प्रधानमन्त्री सहित नेताहरुलाई भौतिक कार्बाही गर्न सक्छन ?

के लेखीले प्रधानमन्त्री सहित नेताहरुलाई भौतिक कार्बाही गर्न सक्छन ?

  • शनिबार, भदौ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, १२ भदौ ।

थारु कल्याणकारी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशिल कोइराला लगायतका प्रमुख राजनीतिक दलका नेताहरुलाई भौतिक कार्वाही गर्ने चेतावनी दिएका छन् । उनी नेपाल आदिवासी जनजाति महासंघका पनि पूर्व अध्यक्ष हुन् ।

सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अधिकार प्राप्तीको थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लागि परेकाले उनीहरु थारुहटमा प्रबेश गरे भौतिक कारवाही गर्ने चेतावनी दिएका हुन् ।
उनले यस्तो चेतावनी दिएको प्रति दलका नेताको कुनै प्रतिकृया भने आएको छैन । उनले भौतिक कार्बाही गर्न सक्ने आधार भने खासै नदेखिएको बुद्धीजीवीहरु बताउछन् । उनीहरुले यो एक सामान्य धम्की मात्र भएको र तर्साउनका लागि प्रयोग भएको तर्कको रुपमा हेरेका छन् ।
सामान्य नेताका रुपमा देखिने उनले यस्तो चेतावनी किन दिए भनेर अहिले विभिन्न वृतले चर्चा शुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ