संविधानसभामा आज चौथो दिन पनि विधेयक माथि नै छलफल जारी रह्यो

संविधानसभामा आज चौथो दिन पनि विधेयक माथि नै छलफल जारी रह्यो

  • शनिबार, भदौ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, १२ भाद्र

गत बुधबारबाट शुरु भएको नयाा संविधानको परिमार्जित विधेयक माथिको छलफल आज चौथो दिन पनि छलफल जारी रह्यो ।

संविधानसभा भवनमा भएको छलफलमा बोल्न बााकी सभासदहहरुले आन्दोलनरत पक्षको मागलाई वार्ताको माध्यमबाट सम्बोधन गरेर समयमै संबिधान जारी गर्नु पर्ने धारणा राख्दै अधिकारको माग गर्दा सामाजिक सद्भाव विथोलिन दिन नहुने तर्फ सबै पक्ष सचेत र सजग हुनु पर्ने बताएका छन ।

उनीहरुले सिमाङ्कनको विषयलाई लिएर केही दिन अगाडि भएको टिकापुरको घटना ज्यादै दु:खद् भएकाले अन्यत्र यस्ता किसिमको घटनाहरु दोहोरिन नदिन विशेष सजगता अपनाउन सरकारलाई विशेष आग्रह समेत गरेका छन् ।

विधेयक माथि सैद्धान्तिक छलफल सकिएपछि भोली नै संशोधन प्रस्ताव दर्ताका सभासदहरुलाई समय दिइने बताइएको छ । संविधान सभा नियमावली अनुसार सभासदहरुले विधेयकमा संशोधन दर्ता गर्न सभासदले सात दिनको समय पाउनेछन् ।

संशोधन प्रस्ताव दर्ता गराएपछि संविधान विधेयकमाथिको दफबार छलफल सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ