कांग्रेस महाधिवेशन सार्ने तयारी

कांग्रेस महाधिवेशन सार्ने तयारी

  • शनिबार, भदौ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ १२ भदौ
संविधान निर्माण प्रक्रिया र महाधिवेसन सागसागै पर्ने भन्दै कांग्रेसले पार्टीको महाधिवेसन पुन: सार्ने तयारी गरेको छ । पार्टीको महाधिवेशन कति पछि सार्नेपछि विषयमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ ।

केन्ऽीय समितिको बैठकबाट विशेष निर्णय गरेर चार महिना पर सार्ने विषयमा छलफल सुरु भएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार भदौमा हुने गाउा अधिवेशन, संविधान निर्माणका कारण सम्भव नदेखिएकाले महाधिवेशनको मिति मंसिरमा सारेर सबै प्रक्रिया पछि धकेल्ने विषयमा छलफल भइरहेको छ ।

महाधिवेशनका लागि तोकिएको मिति आउन केही दिन मात्र बााकी रहादा कांग्रेसले त्यसको कुनै तयारी थालेको छैन । सदस्यता छानबिन टुंगो लाग्न नसक्दा गाउा अधिवेशनसमेत प्रभावित हुने भएको छ ।

भदौ १७ गते का लागि तोकिएको गाउा अधिवेशन पनि सदस्यता सूची तयार नभएका कारण प्रभावित हुने देखिएको छ ।

स्रोतका अनुसार भदौको अन्तिमसम्म संविधान निर्माणमै केन्द्रित हुने, त्यसपछि दशै तिहारको नजिक पर्ने भएकाले पुस वा माघ मध्यसम्ममा महाधिवेसन गर्नेगरी नेतृत्वले तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ