आज जनै पूर्णिमा मनाइदै

आज जनै पूर्णिमा मनाइदै

  • शनिबार, भदौ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ १२ भदौ । आज श्रावण शुक्ल पूर्णिमा । हिन्दु धर्मावलम्बीहरुले जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने चलन छ ।

आजका दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितबाट नाडीमा रक्षाबन्धन बाँध्ने गरिन्छ ।

विशेषगरी तागाधारी ब्राह्मण, क्षेत्री, वैश्य वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे समाप्तिको दिनका रुपमा जनै पूर्णिमालाई लिने गरिन्छ ।

जनैपूर्णिमाको दिन बिहानै स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै लगाउने चलन छ । तागाधारीले सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।

यस्तै तराई क्षेत्रमा आज दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन छ । पछिल्ला समय यो चलन पहाडी क्षेत्रमा देखिन थालिएको छ ।

आज पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाट लगायतका धार्मिक स्थलहरुमा बिहानैबाट दर्शनार्थीको ठूलो भिड लागेको छ ।

यसैगरी नेवार समुदायले भने आजका दिनलाई गुन्हु पुन्हीको रुपमा मनाउँने गर्दछ । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ