धरान सुनसरी, ११ भदौ ।
धरानलाई प्रादेशीक प्रदेशको राजधानी बताउनुपर्नै माग राख्दै आफना माग सम्बोधन नभए आन्दोलन गर्ने प्रादेशीक राजधानी संर्घष समितिले जनाएको छ ।
हिजो पत्रकार महासंघ सुनसरीको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गरि सो आन्दोलन गर्नै घोषण गरेको हो ।
सम्मेलनमा संर्घष समितिका सम्योजक अईन्द्र बिक्रम बेघाले धरानलाई प्रदेशीक राज्यको राजधानी बनाउने प्रयाप्त आधारहरु भएकाले राजधानी बनाउन उपयुक्त हुने बताउनुभयो ।
उहाले यसका लागी संबिधानसभा,राज्य र राजनितिक दलका शिर्ष नेताहरुले सहि निर्णय गरेर धरानलाई राजधानी घोषण गर्नै माग गर्नुभयो ।
साथै सर्घष समितिले धरानका सरोकारबाला ,राजनितिक दल,संघ संस्था,भद्र भलादमी सबैसंग आन्दोलनमा लाग्न आग्रह गरेको छ ।
यसका लागी समितिले बिभिन्न आन्दोलनका चरण अन्र्तगत ब्यानरिङ्ग गर्नै,चोक टोलमा प्रदेशिक राजधानीका लागी छलफल अभियान चलाउने,धरानका राजनितिक दल तथा सरोकारबालाहरु संग अन्र्तक्रिया गर्नै,र संर्घष समितिलाई बृहद संघर्ष समिति निर्माण गर्नै दिशातिर अगाडी बढाउने सम्योजम बेघाले बताउनुभयो ।
भदौ ५ गतेबाट सुरु गरिएको सो सघर्षका अभियानका लागी २५ सदस्य एक समिति समेत गठन गरिएको बेघाले जानकारी दिनुभयो ।