काठमाडौ ११ भदौ ।
एसिसी अन्डर १९ प्रिमियर लिग क्रिकेटमा नेपालले बिजयी सुरुबात गरेको छ । मलेसियाको क्वालालम्पुरमा भएको पहिलो खेलमा नेपाली वलर चम्केपछि युएई १ सय ४९ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
पहिले टस जितेर ब्याटिङ गरेको नेपालले ४९ दशमबल २ ओभरमा १ सय ९९ रन बनाएको हो । २ सय रनको लक्ष्य पछाएको युएइ २० दशमलब ५ ओभरमा मात्र ५० रनमा अल आउट भयो ।
युएईका कप्तान वरुना परेराले ३२ र जाफ्री जफारदानले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन । युएईलाई झिनो योगफलमा समेट्नका लागि ७ ओभर बलिङ गरेका सुसिल कँडेलले मात्र ७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै सौरभ खनालले ३ र प्रेम तामाङले २ विकेट लिए । नेपालका लागि कप्तान राजु रिजालले सर्वा्धिक ६२, सौरभ खनालले २४,अरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र प्रदिप सुनारले १८ रन बनाए ।
६५ रनमा ५ विकेट गुमाएको नेपालका लागि कप्तान रिजालले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सौरभ खनालसँग समान ५२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर दिलाएका थिए ।
नेपालले भोली बलियो प्रतिद्धन्द्धी अफगानिस्तान विरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानसँगै युएई, मलेसिया र साउदी अरेयिबा सहभागी छन । यो प्रतियोगिताको शीर्ष तीनमा रहने टोलीले आउँदो अक्टोबर महिनामा हुने १९ वर्षमुनिको एसिया कपमा खेल्न पाउने छन ।