काठमाडौं, ११ भदौ ।
सप्तरीबाट निर्वाचित एमाले सभासद रञ्जुकुमारी ठाकुरको सम्पर्क कार्यालयमा आगजनी गरिएकोे छ ।
आज बिहान सात बजेको समयमा अज्ञात समूहले तोडफोड र आगजनी गरेको सभासद् ठाकुरले बताउनुभयो
सम्पर्क कार्यालयको साईन बोर्ड समेत निकालेर फालिएको छ ।
कसले आगजनी गरेको भन्ने नखुलेको भन्दै उहाले प्रहरीबिट नजिकै रहेको कार्यालयमा यसरि आगजनी हुनु गम्भीर विषय रहेको बताउनुभयो ।
तराईमा स्थिति नराम्ररी बिग्रिदै गएकाले सुरक्षाका लागि प्रहरीलाई जानकारी गराउदा गराउदै समेत आज यस्तो घटना घटेको उहाको भनाई छ ।
आगजनी गर्ने समूहको प्रहरी र पार्टीबाट पनि खोजी कार्य जारी राखेको ठाकुरले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline