काठमाडौ ११ भदौ । लगातारको वर्षासँगै आएको पहिरोमा परी नुवाकोटमा ६ जनाको मृत्यु भएको छ भने थप ६ जना घाइते भएका छन् ।
गोर्स्याङ २ मा गएराति स्थानीय सोमबहादुर तामाङको घर पहिरोले बगाउँदा ३८ वर्षीय सोमबहादुर तामाङ र उनकी श्रीमती ४५ वर्षीय सुकुमाया तामाङको मृत्यु भएको हो ।
यस्तै गोर्स्याङ २ कै सुन्दी तामाङको घर पहिरोले बगाउँदा उनकी श्रीमती ३५ वर्षकी फुर्कमाया तामाङ, १२ वर्षीय छोरा केशव र ८ वर्षीय छोरा पूर्ण तामाङको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
वर्षाका कारण कच्ची बाटो भत्काएकालाई एम्बुलेन्स जान नसक्दा उपचारका लागि ल्याउन समस्या भएको बताइएको छ ।
यस्तै जिल्लाकै सामरीमा पनि पहिरोले घर बगाउँदा एक बृद्धको ज्यानको मृत्यु भएको छ । सामरी गाविस वडा नं. ८ झोर्लाङमा पहिरोले घर बगाउँदा ८० वर्षीय बृद्धा एककुमारी थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।