बन्दको प्रत्यक्ष प्रभाव औद्योगिक क्षेत्रमा, करिब १ लाख मजदुर रोजगार विहिन

बन्दको प्रत्यक्ष प्रभाव औद्योगिक क्षेत्रमा, करिब १ लाख मजदुर रोजगार विहिन

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ११ भदौ ।

प्रदेश सिमांकन सहितको विरोधमा संयुक्त मधेसी मोर्चाले गरेको बन्दका कारण मोरङ–सुनसरी ओद्यौगिक करिडोर क्षेत्रका एक लाखभन्दा बढी मजदुर बेरोजगार भएका छन् ।

उद्योग सङ्गठन मोरङका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरमा बन्दकर्ताले उद्योगधन्दा सञ्चालन गर्न नदिएपछि करिब पाँच सय उद्योगमा कार्यरत मजदुर बेरोजगार भएका हुन् ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई समेत दैनिक गुजारा टार्न समस्या पर्न थालेको औद्योगिक मजदुरहरुको दुखेसो छ ।

त्यस्तै मासिक तलव भत्तामा काम गर्ने कामदारहरु समेत उद्योग धन्दा सञ्चालन नहुदा दैनिकी चदाउन मस्किल परेको उनिहरुले बताएका छन ।

उत्पादन भएका वस्तु निर्यात गर्नसम्म नपाएको, भारतबाट आयात गरिएको वस्तु यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेका छन् ।

मजदुर–कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक रु १५ करोड नोक्सानी बेहोरिरहेको मोरङ व्यापार सङ्घले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी