काठमाडौँ १० भादौ ।
माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ ले अहिले देशमा उत्पन्न भएको समस्याको सामाधान बन्दुकबाट नभएर बार्ताबाट मात्र हुने बताएका छन ।
पुर्व सभासद तथा नेकपा-माओवादीका केन्द्रिय सदस्य नरेश भण्डारीद्धारा लिखित कृति “चादीको घेरा” को आज भृकुटिमण्डप विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रम बोल्दै अध्यक्ष मोहन बैद्यले समस्याको समाधान बन्दुकले नभई बार्ताबाट हुने भएकोले भएकाले कैलाली घटनापछी देशमा सेना परिचालन गरेर नभई संघर्षरत पक्ष संग बार्ता र सम्बाद गरेर समस्याको समाधान खोजिनुपर्ने बताएका छन्।
उनले भने “अहिलेको जमानामा कुनैपनि मान्छे समूह वा शक्ति बन्दुकबाट डराउनेवाला छैनन् बन्दुक देखाएर तर्साउनुको साटो शान्तिपूर्ण बाटो अबलम्बन गरी असन्तुष्ट पक्षका मागहरुको सम्बोधन गरिनुपर्छ ।”
अध्यक्ष बैद्यले लेखक भण्डारीको कृतिले कर्लाणीवासीको वास्तविकतालाई झल्काएको बताए । उनले भने “ कर्णाली वासीले भोगेको अभाव र त्यस क्षेत्रका चुनौती र सम्भावनालाई यो कृतिभित्र समेटिएको छ ।”
कार्यक्रमका अर्का बक्ता नेकपा एमालेका नेता एवम् पुर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारीले नरेश भण्डारी जस्ता लगनशिल र राष्ट्रप्रेमी व्यक्तित्वको आवश्यक्त सधै रहने बताए ।साथै उनले पुस्तक लेख्ने हरेक व्यक्तिले अब अझै धेरै नै सुधार गर्दै पुस्तकका माध्यमबाट समाज र देशलाई नै केहि दिन सकिने तिर बढी भन्दा बढी ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका अर्का बक्ता एनेकपा माओवादीका स्थाई समिति सदस्य शक्ति बस्नेतले लेखक नरेश भण्डारीको कृतिले सम्पूर्ण कर्णलीवासीको प्रतिनिधित्व गरेको बताए ।
स्तम्भकार नेरेन्द्रजंग पिटरले एउटा सिंगो कर्लाणीले एकजुट भएर आफ्ना मुद्दाहरु उठाएर कर्णालीको विकाश सम्भव रहेको स्पष्ट पारे । उनले भने “ कर्णाली भनेको सम्भावनाको खानी हो जहा, विद्युत र कृषीको सम्भावन छ, अथाहा जडिबुटी छ जसको हामीले सदुपयोग गर्यौ भने नेपाल सम्बृद्ध हुन्छ ।”
कार्यक्रमका मुख्य पात्र तथा लेखक नरेश भण्डारीले आफुले भोगेको अभाव र पिडाले यो कृति जन्मिएको बताए । उनले भने “ आफ्नी आमा विरामी भएर छटपटाउदा उपचार नपाएरै अकालमै वित्नुभयो र आफुले केहि गर्न सकिन, तर त्यस्तै अरु आमाहरु पनि नमरुन भन्ने उदेश्यले कणर्लीको विकासमा लागे ।”
उनले आफ्नो कृतिका वास्तविक हिरा भनेको आफ्ना पाठक र सुभचिन्तक रहेको पनि दाबी गरे । यस्तै कार्यक्रमकी सभापति राधिका बुढ्थापाले कर्णालीवासीहरु मगिखाने नभई आफु आत्म निर्भर भएर बाच्ने मेहनती जनता भएको बताईन् ।
सरकारले कर्लाणीलाई सधै उपेक्षा गरेको बताउदै उनले भनिन “ कर्लाणीवासीहरुले स्वायत्त प्रदेशको माग गर्दा राज्यले दमन गर्यो, गोली ठोक्यो केहिको ज्यान लियो, केहि घाईते छन् यसको जिम्मा सरकारले लिनुपर्छ र गृहमन्त्रीले राजिनामा दिनुपर्छ ।”
सांग्रिला बुक्सले आयोजना गरेको “चादीको घेरा” नामक पुस्तक बिमोचन कार्यक्रमको सन्चालन पत्रकार दिया चन्दले गरेकी थिइन् ।


