काठमाण्डौं, १० भाद्र ।
बैद्य नेतृत्वको नेकपा–माओवादी निकट अनेरास्ववियु का्रन्तिकारीका अध्यक्ष रत्न ढकालले भारत र चिनले नेपाली भुमि लिपुलेकलाई व्यापारिक नाका बनाउनु नेपालको सार्वभौम सत्ता विरुद्ध भएको भन्दै आफूहरुले शुरु गरेको लिपुलेक जागरण अभियान अझै जारी रहने बताउनु भएको छ ।
अभियान अन्तर्गत लिपुलेकमा पुगेर खबरदारी सभा र नेपाली झण्डा गाडेर फर्किएको सो संगठनका अध्यक्ष ढकालले अभियानका क्रममा साउन २६ गते वैतडी जिल्लाको कृषि क्याम्पसमा पढ्ने १० जना अभियानमा सहभागी विधार्थीहरुलाई सिमा पुलबाट दार्चुलाका भारतीय सीमा सुरक्षा वल क्क्द्य बाट गिरफ्तार तथा कुटपिट गरेको जानकारी दिनु भयो ।
भदौ भित्र १० लाख जनताको हस्ताक्षर परराष्ट्र मन्त्रीलाई बुझाउने अखिल क्रान्तिकारीले जनाएको छ ।
दार्चुलाका अधिकाशं बासिन्दाहरुको दोहोरो नागरिकता रहेकाले सजिलै सीमा वार र सीमा पार गर्ने जस्ता गतिविधि भइरहेकोले अध्यक्ष ढकालले दोहोरो नागरिता दिने व्यवस्थालाई खारेज गराउन माग गर्नु भयो ।