आयात कम भएपछि प्याजको भाउ बढदै

आयात कम भएपछि प्याजको भाउ बढदै

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, १० भदौ ।

भारतबाट प्याजको आयात कम भएपछि प्याजको भाउ सिरहा, लाहान, गोलबजार, मिर्चैया बजार लगायत सिरहा जिल्लाको विभिन्न बजारहरुमा प्याजको मूल्य बढेको छ ।

प्याजको भाउ प्रति के.जी .१ सय रुपैयाँ थोक मूल्य पुगेको छ । यो मूल्य यस वर्षको अहिले सम्मकै उच्च भएको फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

तराईका जिल्लामा आन्दोलनका कारण बजार बन्द भैरहेकाले प्याजको आयात ठप्प भएको छ । ढुवानी नहुँदा र बजारमा माग अनुसारको प्याज नभित्रिएकोले प्याजको मूल्यमा वृद्धि भएको हो ।

प्याजका लागि भारतकै भर पर्नुपर्ने बाध्यता भएकोले भाउ अझै बढ्ने अनुमान गरिएको छ ।

यो वर्षको सुरुमा किलोको ३७ देखि ३८ रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ वर्षा लागेपछि बढेर किलोको ७० देखि ७५ रुपैयाँ पुग्यो ।

त्यसपछि फेरि घटेर किलोको ६७ देखि ६८ रुपैयाँ थोक मूल्यमा झरेको भाउ   ह्वात्तै बढेर सय रुपैयाँ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ