सुनसरी, भदौ ९ ।
सप्तकोसी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ ।
हिजो साँझ ५ बजे गरिएको मापनअनुसार सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ५ सय ६५ क्युसेक पुगेको थियो ।
पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये २२ ओटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
सप्तकोसीमा पानीको बहाव बढेस“गै त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । हिजो पूर्वी पाहाडी जिल्लाहरुमा वर्षा भएपछि सप्तकोसीमा पानीको बहाव बढेको हो ।
सामान्यतः सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सूचक मानिन्छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सप्तकोसीमा पानीको बहाव बढेपछि सुनसरीको हरिपुर, भन्टाबारी, महेन्द्रनगर र चतरामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो साथै उहाले आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह समेत गरेका छन ।