बाणिज्य विभागले आजबाट पेट्रोल पम्पहरुमा अनुगमन गर्दै

बाणिज्य विभागले आजबाट पेट्रोल पम्पहरुमा अनुगमन गर्दै

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, १० भदौ ।

तराई क्षेत्रमा भईरहेका आन्दोलनका वहानामा व्यवसायीहरुले इन्धन लुकाउको पाइएपछि बाणिज्य विभागले आजबाट पेट्रोल पम्पहरुमा अनुगमन सुरु गर्दे छ

लगातार पेट्रोलीयम पदार्थको आपुर्ति भइरहेको भएपनि बजारमा भने कालोबजारी भएपछि विभागले आयल निगम र स्थानीय प्रशासनको सहयोगमा अनुगमन गर्न लागेको हो ।

नियमित आपुर्ति हुदा हुदै समेत हिजो र अस्ति बजारमा पेट्रोलीयम पदार्थको हाहाकार भएको थियो ।

बजारमा पेट्रोलीयम पदार्थ लुकाएर राखिएको आशंकामा अनुगमन गर्न लागिएको बाणिज्य तथा आपुर्ति व्यवस्थापन विभागले जनाएको छ ।

बजारमा आपूर्ति भैसकेको इन्धन बिक्री नगर्नेलाई ठाउँको ठाउँ कारबाही गरिने विभागका निर्देशक हरिनारायण बेल्वासेले जानकारी दिनुभयो ।

आपूर्ति नियमित भैरहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ । सरकारले आवश्यकता भन्दा बढी इन्धन खरिद नगर्न समेत आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी