काठमाडौं, १० भदौ ।
शक्तिसाली भुकम्प गएको ४ महिना वितिसक्दा समेत पराकम्प जाने क्रम अझै रोकिएको छैन । यसैक्रममा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको छ ।
बिहान ६ बजेर ७ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गएराती राती १२ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।
केन्द्रका अनुसार बैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि ४ रेक्टर माथिका ३ सय ८० भन्दा धेरै पराकम्पन गइसकेका छन् । ठूलो भूकम्पपछि सानो पराकम्पन आउनु स्वभाविक भएको विज्ञले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
