टीकापुर घटनाका ३ आरोपी छोडिए , ७ जनाको म्याद थप

टीकापुर घटनाका ३ आरोपी छोडिए , ७ जनाको म्याद थप

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

कैलाली, ९ भदौ ।

कैलालीको टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये प्रहरीले बुधबार ७ जनाको म्याद थपेको छ भने ३ जनालाई सोधपुछपछि छाडिदिएको छ ।

जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिइएकाहरुमा कैलालीको मुनुवा गाविस वडा नम्बर–१ का रामकुमार कठरिया, राजकुमार चौधरी, दिलबहादुर चौधरी, सुन्दरलाल कठरिया रहेका छन् ।

रश्रयस्तै, सोही गाविस वडा नम्बर–४ का हरिनारायण चौधरी, भजनी त्रिशक्ति नगरपालिका वडा नम्बर–४ का प्रेमबहादुर चौधरी, जोशीपुर गाविस वडा नम्बर–४ झवहीका रामप्रसाद चौधरीलाई पनि म्याद थप गरी हिरासतमै राखिएको छ ।

सुन्दरलाल चौधरी, रामजनम चौधरी र खड्कबहादुर चौधरीलाई भने सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ