काठमाडौं, ९ भदौ ।
लगातार तीव्र उतारचढाब आइरहेको सुन बुधबार प्रतितोलामा ८ सय रुपैयाँले घटेर ५१ हजार रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार त्यस्तै चाँदी पनि तोलाको १० रुपैयाँले घटेर प्रतितोला ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटले नेपालमा पनि केही घटेको महासंघले जनाएको छ । यस अघि हिजो मात्रै सुन मूल्य ५१ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबारको तुलनामा सुन प्रतितोला ८ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline