टिकापुरको दंगामा घुसपैठ भएको : भट्टराई

टिकापुरको दंगामा घुसपैठ भएको : भट्टराई

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

भक्तपुर, ९ भदौ ।

नेकपा एमालेका पार्टी प्रवक्ता योगेश भट्टराईले थारुहरुले राखेका केहि माग जायज भएता पनि अन्य स्थानमा भएका मागहरु गलत भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै भट्टराईले सिमांकनका नाममा भएका आन्दोलनलाई ध्यानमा राख्दै थारुहरुको जायज मागहरुको सम्बोधन गरिने बताउनु भयो ।

उहाँले भन्नु भयो टिकापुर आन्दोलनका नाममा सिंगो राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा बेईजत गर्ने काम भएको छ । उहाँले टिकापुरमा घटेको घटना नेपालीले गर्न नसक्ने भन्दै आन्दोलनको नेतृत्व गर्नेलाई समेत जनताले बहिस्कार गर्ने बताउनु भयो ।
संसदमा मानिसहरुले नेपाल विखण्डन गर्न सक्छौ भन्ने चुनौती दिईरहेका बिखण्डनवादी प्रवृृतिहरुसँग जुधेर शान्तिका लागि संविधान जारीको पक्षमा एमाले रहेको उहाँले बताउनु भयो ।
विभिन्न खालका समस्याहरु देखा परेता पनि संविधान जारीको प्रक्रिया सहि ढगंले अगाडि बढेमा भदौ मसान्तसम्म जारी हुने भन्दै उहाँले भन्नु भयो फरक मत संशोधन प्रस्ताव राखे भोटिङ्ग हुने र नराखे सर्वसम्बतरुपले संविधान जारी गरिने छ ।
नेपालमा विभिन्न एनजीओ र आइएनजीओहरुले जात जातिका नाममा ठूलो धन राशी खर्च गर्दै देशमा वितण्डा मच्चाउन लागेको भन्दै उहाँले भन्नु भयो यस्ता एन जीओ र आईएनजीओहरुलाई नेपालबाट फिर्ता पठाउनु पर्छ ।
दुई ठूला देशको बीचमा रहेको नेपाल अन्तराष्ट्रिय जगत्को केन्द्रका रुपमा विकास हुँदै गएकाले विभिन्न खालका स्वार्थ देखिएता पनि नेपालको सिमा मिच्न नपाईने भन्दै लिपुलेकका विषयमा कुटनितिक पहल गर्दै नेपालको भूमि कायम गरिनु पर्ने उहाँको टिप्पणी छ ।
राष्ट्रपतिले सेना परिचालनको विषयमा चासो देखाएको भए सरकारले त्यसको जवाफ दिनु पर्ने भएता पनि वर्तमान समयमा विभिन्न स्थानमा भएका दगांलाई मध्ये नजर गर्दै केहि समयका लागि सेना परिचालन संविधानप्रदत गरिएको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ