सुनसरी ९ भदौ ।
कैलालीको टीकापुरमा सोमवार भएको दुखद घटना प्रति दुखः व्यक्त गर्दै पुर्वा अञ्चल ईन्जिनिरिङ्ग क्याम्पस धरानका बिद्यार्थीहरुले हिजो साझ भानुचौकमा शोक सभा गरेका छन् ।
धरान ८ स्थित रेहेको कलेजको परिसरबाट करिब २०० सयको संख्यामा आएको याली सहित धरानको भानुचौकमा आएर कोण सभा गरेको हो ।
उनिहरुले स्वतस्र्फूत रुपमा चौकमा भेला भएर हिजो साझ शोक सभाको आयोजना गरेका हुन् ।
सोकसभामा दीवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सभा गरिएको एग्रीकल्चर ईन्जिनियर प्रथम बर्षमा पढदै गरेको बिद्यार्थी सन्देश पौडेलले बताउनुभयो ।
सोक सभामा अनेरास्वयु क्याम्पस ईकाई समितिका अध्यक्ष बृद्धिनाथ तिम्ल्सिनाले हत्या गरिनु आफैंमा दुखद भएको बताउदै यस्तो कार्य तत्काल बन्द हुनुपर्नै बताउनुभयो ।
सोही शोक सभामा अनेरास्वयुका आकास उप्रेती,नबिन जोसी लगायतले बोलेका थिए ।
उता झापामा पनि सोमवार भएको दुखद घटना प्रति दुखः व्यक्त गर्दै झापाका व्यवसायीले हिजो बिर्तामोडमा शोक सभा गरेका छन् ।
बिर्तामोड नगरपालिकामा रहेका व्यवसायीले स्वतस्र्फूत रुपमा चौकमा भेला भएर हिजो दिउसो शोक सभाको आयोजना गरेका हुन् ।
थरुहट आन्दोलनलाई साम्य बनाउन पहल गरिरहेका बेला झापाको चन्द्रगढी घर भएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्पौपाने सहित अन्य प्रहरीको हत्या गरिएको भन्दै दीवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सभा गरिएको झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले बताउनुभयो ।
उहाँले आफना मागका विषयमा शान्तिपूर्ण आन्दोलन गर्नु पर्नेमा जनताको जीउ धनको रक्षाका लागि खटिएका प्रहरीको निर्ममतापूर्वक हत्या गरिनु आफैंमा दुखद भएको बताउनुभयो ।
सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत न्यौपानेको तस्वीरमा माल्यापर्ण गर्दै घटनामा मारिएका सबैको आत्माको चीर शान्तिको कामना गरिएको थियो । शोक सभामा बिर्तामोडका सयौ व्यवसायीको सहभागीता रहेको थियो ।