काठमाण्डौ ,९ भदौ ।
दङ्गाग्रस्त घोषणा गरिएको कैलालीको टीकापुरसहित आसपासका क्षेत्रमा कफर््यू कायमै छ ।
प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउदै तराईका विभिन्न जिल्लामा आव्हन गरिएको बन्द आज पनि जारी रहेको छ ।
ती स्थान अहिले सुनसान रहेका छन् । बाँकेको कोहलपुरमा विहान ६ बजेबाट हटाइएको कफर््यू १० बजेबाट पुन लगाइएको छ । थारु समुदायको प्रदर्शन हिशांत्मक हुने भन्दै ४ बजेसम्मका लागि पुन कर्फयु लगाइएको हाम्रा सहकर्मीले जनाएका छन ।
नेपालगन्जमा भने मंगलवार अपरान्ह २ बजेबाट लगाइएको कफर््यू हटेसंगै बजारपसल खुल्नुका साथै सर्वसाधारणको चहलपहल बढेको छ ।
त्यहाँ प्रदर्शन गर्न नपाउने गरी निशेधाज्ञा भने जारी नै छ । मंगलवार दिनभर तनावग्रस्त बनेको रौतहटको गौर आज शान्त छ । निषेधाज्ञा तोड्ने क्रममा प्रहरीको गाली लागि गौरमा हिजो एक प्रदर्शनकारीको मृत्यु भएको थियो ।
प्रदर्शनकारीले गएराती मटिहा स्थित एक प्रहरी चौकीमा आगजनी गरेका छन् । स्थानीय प्रशासनले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाको केही क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज पनि जारी छ । विहान ११ देखि बेलुकी ५ बजेसम्मका लागि लागु गरिएको निषेधाज्ञा आज पनि निरन्तरता दिइएको हो ।
यसैबीच, दाङको जनजीवन सामान्य बन्दै गएको छ । घोराही र तुलसीपुरमा बजार खुलेका छन् भने स्थानीय रुटका सवारी साधन पनि सञ्चालनमा आएका छन् । लामो रुटका गाडी भने प्रहरीले एस्कर्टिङमा सञ्चालन भैरहेको हाम्रा सहकर्मीले छन् ।