काठमाडौ ९ भदौ । केहीदिन भित्र खाद्यान्न आपूर्ति नभए हुम्लामा खाद्यन्न अभाव हुने देखिएको छ ।
मासिक करिब १५ सय क्वीन्टल चामल आवश्यक पर्ने हुम्लामा अहिले ४ सय ५ क्वीन्टल मात्र स्टक रहेकाले छिट्टै आपूर्ति हुन नसकेमा अभाव हुने देखिएको हो ।
नेपाल खाद्य संस्थान प्रधान कार्यालयका बिक्री वितरण प्रमुख श्रीमणीराज खनालका अनुसार हवाइमार्गको विकल्प नहुँदा हुम्लामा खाद्यान्न आपूर्तिमा समस्या भएको छ ।
जिल्लामा २ हजार क्वीन्टल चामल आपूर्ति गर्न तयारी अवस्थामा रहेपनि मौसममा खराबी आएपछि समस्या भएको उहाँको भनाई छ ।
हुम्ला बाहेक देशका अन्य स्थानमा भने यसपाली खाद्यान्न अभाव नहुने सरकारको दाबी छ । अहिले २ लाख ६० हजार क्वीन्टल चामल स्टकमा रहेको खाद्य संस्थानले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline