काठमाडौ ९ भदौ ।
धादिङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएके छ भने थप ६ जना घाइते भएक छन् ।
धादिङ चिसापानीमा गएराति सडक छेउमा रोकिराखेको बा २ ख ४० ४५ नम्बरको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार सडक छेउमा रोकीराखेको भ्यान अचानक गुडेर खोल्सामा खसेको हो ।
दुर्घटनामा धादिङ फुलखर्ककी ७० वर्षीया बृद्धा बुनाकुमारी बिक, ३७ वर्षीय चेतबहादुर बिक, ५ वर्षीया सीमा बिक, २३ वर्षीय मिलन राना, १९ वर्षीय रामकाजी राना र परिचय खुल्न नसकेकी एक महिला घाइते भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटना पश्चात चालक फरार रहेकाले खोजी कार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline