काठमाडौ ९ भदौ ।
काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा अहिले मेघ गर्जन सहित वर्षा भइरहेको छ ।
विशेषगरी पूर्वी र पश्चिम तराईका विभिन्न स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
गएरातीदेखि बंगालको खाडीमा बनेको न्यूनचापीय हावा नेपाल आइरहेकाले मुलुकभर वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
यसको प्रभाव पूर्वमा दिनभरी नै रहेपनि काठमाडौं उपत्यका सहित अरु स्थानमा दिउँसोपछि कम हुने उहाँको भनाई छ ।
माथिल्लो वायुमण्डलमा भएको उच्चचापीय क्षेत्र निष्क्रिय भएकाले पनि यो वायुको प्रभाव धेरै देखिएको महाशाखाले जनाएको छ । हाल वर्षा भइरहेका विभिन्न ठाउँमा पानी रोकिएपछि मौसम खुलेजस्तो हुने तर बेलुकीपख पुनः वर्षा हुनेछ । यो क्रम शुक्रबारसम्म रहने र शनिबारदेखि कम हुने महाशाखाको अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline