टिकापुर घटनाको छानबिन गर्न समिति गठन

टिकापुर घटनाको छानबिन गर्न समिति गठन

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, भदौ ८ /  सरकारले कैलालीको टिकापुरमा सोमबार भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानविन समिति बनाएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक जीवन थापा, गृह मन्त्रालयका सहसचिव विनोद केसी र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक गणेश अधिकारी सदस्य हुनुहुन्छ ।

समितिलाई प्रतिवेदन बुझाउने समय भने तोकिएको छैन । यस्तै सोमबारको घटनामा ज्यान गुमाएका प्रहरीलाई सम्मानस्वरुप एक तह बढुवा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो । सरकारले देशभर भैरहेका घटना रोक्न नागरिकलाई आह्वान गरेको छ ।

हिंसाबाट कसैकोपनि माग पूरा हुन नसक्ने भन्दै सरकारले  शान्ति स्थापनामा सहयोग गर्न सबैलाई आग्रह गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ