बन्दमा पनि रोकिएनन् होस्टेल रिटन्स प्रेमिहरु

बन्दमा पनि रोकिएनन् होस्टेल रिटन्स प्रेमिहरु

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ, ८ भदौ ।

नेपालमा एकपछि अर्को चलचित्र निर्माण हुने र कला क्षेत्रमा हाम फाल्नेको भिड उत्तिकै बढ्दै गएता पनी न त चलचित्र क्षेत्र नै माथी उठ्न सकेको देखिनछ न त कलाकार नै । तर पछिल्लो समय भने चलचित्र क्षेत्र तुलनात्मक रुपमा माथी उठ्नेमा केही आशा बढ्दै गएको छ ।

भनिन्छ, फरक गर्न कुनै नौलो काम नै गर्नुपर्छ भन्ने होईन त्यहि कामलाई अरुभन्दा फरक तरिकाले गर्न सक्नु नै ठुलो करा हो र मान्छेलाई अवसरका साथै सहि मार्गनिर्देश गर्न सके असम्भव भन्ने कुरा केहि छैन भन्ने कुरालाई कसैले प्रष्ट्याई दिएका छन् ।
hostel sssssअझै भन्दा जो नयाँ पुस्ताको क्षमतालाई बोध गरि नयाँ कथाबस्तुमा आधारित त्यसमा पनि अत्यन्तै फरक शैलीका चलचित्र निर्माण गर्न माहिर बन्दै गएका छन् । उनै हुन् चलचित्र निर्माता तथा कलाकार शुनिल रावल । अहिलेसम्म रावलले आफ्नै बयानर दुर्गिस फिल्मस् मार्फत ३ ओटा चलचित्र (सायद, होस्टेल र होस्टेल रिटन्स) निर्माण गरिसकेका छन् । बिशेषगरि उनले निर्माण गरेका चलचित्र यु्वा पुस्तामा आधारित भएता पनि हरेक उमेर समुहलाई लक्षित देखिन्छन् । यी र यस्ता चलचित्र निर्माण गरि लाखौँ दर्शकको मन जित्नुका साथै ब्यवसायिक रुपमा पनी सोचेभन्दा बढि नै प्रतिफल प्राप्त गर्न उनी सफल हुँदै गएका छन् ।

hostelरावलले निर्माण गरेका ३ ओटै चलचित्रमा अन्य कुनैपनि चलचित्रको रत्ति छायाँ परेको देखिदैन र त उत्कृष्ट बनेका छन् । हाल होस्टल रिटन्स भाद्र ४ गतेदेखि देशभर प्रर्दशन भईरहेको छ । गत बैशाख २५ गते प्रदर्शनमा आउन लागेको चलचित्र बैशाख १२ गतेको बिनाशकारी भुकम्पका कारण प्रदर्शनका आउन सकेको थिएन । निर्देशक सुरज भुषालले पनि यस चलचित्र निर्देशनमा उत्तिकै मिहिनेत गरेको देखिन्छ । चलचित्रमा शुशिल श्र्रेष्ठ, दिया मास्के, अभय बराल, सुदाम सिके, रमेश श्र्रेष्ठ, स्वस्तिमा खड्का र निर्माता आफैले पनि अभिनय गरेका छन् ।

देशभर हाल बन्दको ठुलो प्रभाव गरेका बेला पनि होस्टेल रिटन्र्स हेर्ने दर्शकहरुको प्राय  हलहरुमा भिड नै देखिएका खबर प्राप्त भईरहेका छन् । यसैका आधारमा पनि चलचित्र उत्कृष्ट बन्न पुगेको सहजै अनुमान गर्न सकिन्छ । बधाई छ चलचित्र निर्माता रावल र निर्देशक भुषाललाई नेपाली चलचित्र उद्योगको बिकाशमा एकपछि अर्को ईँटा थप्न र चलचित्रमा नयाँ आयाम ल्याउन सदैब उर्जा मिलिरहोस् हाम्रो शुभकामना ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी