बिद्यालय छाडेर अधिकाशशिक्षकहरु यार्सा बेच्न चाइनातिर

बिद्यालय छाडेर अधिकाशशिक्षकहरु यार्सा बेच्न चाइनातिर

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

भाद्र ८ डोल्पा ।
डोल्पामा जेठ देखि असार सम्मयार्साको सिजन शुरु हुने गर्दछ यार्सा टिप्ने सिजन सकिए संग संगै डोल्पाका शिक्षकहरु बिद्यालय नै छोडेर यार्सा बिक्रीबितरण गर्न चाइनातिर जाने गर्दछन गतबर्ष जस्तै यस बर्ष पनि शिक्षकहरु यार्सा बेच्न चाइनागएका छन ।

बास्तबिकता पत्तालगाउनको लागी जिल्लाशिक्षाकार्यालय डोल्पाले कालिकाश्रोत केन्द्र र लिकु गाबिस अन्र्तगतका ३१ बटा बिद्यालयको अनुगमन गरे पछि बास्तबिकताबाहिर आएको हो । अनुगमनको लागी झलक प्रसाद शर्मा पराजुली लिकु श्रोत केन्द्रका श्रोत ब्यक्ति खेमलाल शर्मा र लेखाअधिकृत अमृत प्रसाद पौडेललाई अनुगमनको जिम्मादिएको थियो ।

अनुगमन टोलीले दिएको प्रतिबेदनकाअनुसार पृथ्बीनारायण प्राबि पालङका प्रअ कर्ण बिर बोहोरा ,सुर्योदय प्राबि भोटगाउ कालिकाका शिक्षक कालिबहादुर शाही ,सोही बिद्यालयका त्यसै गरि नर्कु गाबिस डाँफे प्राबिका प्रअ बिर बहादुर शाही अनुमनकाक्रममा अनुउपस्थिती रहेको पाइएको लिकु श्रोत केन्द्रका खेमलालशर्माले जानकारी दिनु भयो । रारा निमाबिओक्ट सर्मीका प्र अ लंक बहादुर बुढा ,कैलास प्राबि सर्मी गाबिस गाडापारिका प्रअ नरजित ठकुल्ला पनि यार्सा लिएर चाइनगएको पाइएको छ ।

त्यसै गरि भगबतीमाबि रिमीझयाकोटका कर्ण सिहमहतरा ,पनि बिद्यालयमा भेटिएका थिएनन । अन्नपुर्ण उ माबि सर्मीका चक्र ब शाही ,देबीलाल रोकाय ,र लंक बुढा पनि बिद्यालयमा अनुउपस्थिती रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाका जिल्लाशिक्षा अधिकारी समन्तमणि आर्चायले जानकारी दिनु भयो ।

ज्ञानेदयप्राबि रिमीगाबिसको लोहारवाडा काशिक्षकाकमलाबिक, जगदुल्लाप्राबि हुरीकोट काइगाउ गाबिसका शिक्षक नन्दबहादुर रोकाय ,कागमारा प्राबिकाशिक्षक देबराजगीरी , कर्णाली प्राबिकाइगाउका प्रअ सिहराज बुढाथोकी पनिभोट तिर लागेको बताइएको छ । काइगाउका स्थानीय ब्यक्तीका अनुसार शिक्षकहरुले यार्स सकलन गरेर महिनौ दिनबिद्यालयमा अनुउपस्थित भइ चाइनतिर यार्सा बेच्नजाने गरेको बताएका छन ।

गतबर्ष भन्दा यस बर्ष यार्साको मुल्यमा गिरावट आएको बताइएको छ । जिल्लाशिक्षा कार्यालय डोल्पाले बास्तबिकता पत्तालगाउनको लागी माथिल्लो डोल्पामा पनि अनुगमनको लागी टोली खटाएको जानकारी दिएको छ ।

डोल्पाका अधिकाँश बिद्यालयका शिक्षकहरु यार्सा बेच्नचाइनतिर जाँदा बद्यालयका बिद्यार्थीहरुको पठनपाठन अबरुद्ध भएको छ सयौँ बिद्यार्थीहरुको भबिक्ष्यलाई बेबास्तागर्दै शिक्षकहरु शिक्षानिमावली बिपरित महिनौ दिन सम्म बेखबररुपमा बिद्यालय हाजीर नभएको जिल्ला शिक्षा कार्यलय डोल्पाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी