काठमाण्डौ ,८ भदौ ।
संविधान निर्माण प्रकियालाई भाड्नका लागि षडयन्त्र भइरहेको निश्कर्ष निकाल्दै प्रमुख चार दलले संविधान निर्माणलाई कुनै पनि हालतमा रोक्न नहुने निर्णय गरेका छन् ।
कैलालीको टीकापुरमा भएको आन्दोलनले हिंसात्मक रुप लिपछि भएको झडपपछि छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चार दलका शीर्ष नेताहरुको बैठकले संविधान निर्माण नरोक्ने निर्णय गरेका हुन् ।
जनताबाट भइरहेको स्वभाविक प्रदर्शन र प्रतिक्रियालाई भड्काउने र हिंसा फैलाउने कोसिस भइरहेकोले उनीहरुको निश्कर्ष छ ।
यस्तो आन्दोलनप्रति सचेत रहन र सामाजिक सद्भाव तथा शान्ति कायम गर्न सहयोग गर्न सबैसमक्ष अपिल पनि गरेको छ।
यसैगरी उनीहरुले टीकापुर घटनाका दोषिलाई कारवाही गर्न सरकारसँग माग पनि गरेका छन् । बैठकमा नेपाली काग्रेस , नेकपा एमाले ,एकिकृत माओबादी र फोरम लोकतान्त्रिका शिर्ष नेताले घटना निन्दनीय भन्दै दोषि पत्ता लगाइ कारवाही गर्न माग गरेका छन ।
चारदलबिच बिभिन्न ठाउमा भएको आन्दोलनको राजनीतिक समाधान खोज्ने पनि सहमति भएको छ । शीर्ष नेताले सामाजिक सदभाव भड्किन नदिन सबै पक्षलाई अह्वान गर्ने सहमती गरेका छन ।