दाङ, ८ भदौ ।
स्थानीय प्रशासनले सुरक्षा संवेदनसिलताको कारण देखाउँदै दाङमा दंगाग्रस्त क्षेत्रका शैक्षिक संस्था आउँदो शुक्रबारसम्मका लागि बन्द गरिएको छ ।
दाङका केही क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि ती क्षेत्रका शैक्षिक संस्था शुक्रबारसम्म बन्द भएका हुन् ।
सुरक्षा अधिकारी, शिक्षा अधिकारी र शिक्षक संघ संगठनकबो सहमतीमा सो निर्णय गरिएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले दंगाग्रस्त क्षेत्रका शैक्षिक संस्था शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छलफलमा सहभागी नेपाल शिक्षक संघ दाङका अध्यक्ष अर्जुनकुमार योगीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline