कैलाली ,८ भदौ ।
आन्दोलनकारीले क्षेत्र नम्बर १ का सभासद् जनक चौधरीको घरमा आगजनी गरेका छन ।
कफ्र्युका बीच पनि प्रदर्शन गर्दै आएका अराजक समूहले चौधरीको घरमा आगो लगाएका छन ।
टीकापुरको ब्लक नम्बर ६ मा रहेको चौधरीको घरमा लागेका आगो सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।
त्यस्तै थरुहट रथरुवान संयुक्त संर्घष समितिका क्षेत्रीय संयोजक रेशम चौधरीले सञ्चालन गरेको फूलबारी रिसोर्टमा पनि आन्दोलनकारीले आगजनी गरेका छन । टीकापुरस्थित फुलबारी एफएममा पनि तोडफोड भएको छ । धनसिंहपुर ४ र टीकापुरको बनगाउँमा केही घरहरु जलाइएको छ ।
यस्तै धनगढी र अत्तरियामा कर्फ्यू आदेश जारी भएको छ । धनगढीमा पनि आन्दोलन सुरु हुने संकेत देखेपछि स्थानीय प्रशासनले बिहान ११ बजेबाट राति ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
धनगढी र अत्तरिया नगरपालिकाका साथै उर्मा गाविसमा पनि कर्फ्यू आदेश जारी गरिएको छ ।