रेडक्रस खोटाङ्गद्वारा भूकम्पपीडितलाई घर कर्जा प्रदान 

रेडक्रस खोटाङ्गद्वारा भूकम्पपीडितलाई घर कर्जा प्रदान 

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

खोटाङ, ८ भदौ ।

नेपाल रेडक्रस सोसाइटी खोटाङले जिल्लाका भूकम्पपीडितलाई आवास व्यवस्थापन गर्न १५ लाख घर कर्जा वितरण गरेको छ ।

रेडक्रसको अन्तर्रा्ष्ट्रिय महासङ्घको सहयोगमा जिल्ला शाखा खोटाङले भूकम्पबाट अतिप्रभावित जिल्लाका १०० घरपरिवार भूकम्पपीडितलाई प्रतिघरपरिवार १५ हजार घर कर्जाको साथमा बन्दोबस्तीका सामग्री वितरण गरेको हो ।

गत वैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा घर भत्किएका र पुनः मर्मत गरे पनि बस्न नमिल्ने अवस्था पीडित परिवार छनोट गरेर प्रतिघरपरिवार १५ हजारका दरले आवास कर्जा र बन्दोबस्तीका सामग्री वितरण गरिएको जिल्लाका सभापति कुमारसिं बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार बाहुनीडाँडाका १८ घर, लामीडाँडाका १२ घर, खार्पाका ११ घर, बडहरेका १० घर, धितुङका १० घर, अर्खौलेका १० घर, नुनथलाका १० घर र डिकुवाका ८ घरपरिवारलाई रकमका साथ प्याकेजका सामग्री प्रदान गरिएको छ ।

रेडक्रसले यसअघि उक्त गाविसका भूकम्पपीडितका लागि सरसफाइ सामग्री प्रदान गरेको थियो ।

जिल्लाका अन्य ५१२ घरपरिवार भूकम्पपीडितलाई एक÷एक थान पाल वितरण गरिएको रेडक्रसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी