धनकुटामा १ सय ६४ बटा आयोजना सम्पन्न

धनकुटामा १ सय ६४ बटा आयोजना सम्पन्न

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

धनकुटा,८ भदौ ।

धनकुटाको पाख्रीवास नगरपालीका अन्र्तगतको विभिन्न १ सय ६६ वटा आयोजनाहरु मध्ये १ सय ६४ आयोजनाहरु सम्पन्न भएका छन् ।

पाख्रीवास नगरपालीकाको हिजो वसेको समिक्षा वैठकमा दिईएको जानकारी अनुसार नगरपालीकाको आर्थिक वर्ष २०७१र७२ को लागि छुट्याईएको १ सय ६६ वटा आयोजनाहरु मध्ये १ सय ६४ वटा आयोजना सम्पन्न गरेको जनाएको छ ।

अन्य २ वटा आयोजनाहरु भने विभिन्न कारणले पूरा नभएको पाख्रीवास नगरपालीकाका कार्यकारी अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो ।

पुरा नहुने आयोजनाहरुमा ७३ हजार वजेट वरावरको महिला लक्षित कार्यक्रम अन्र्तग सुधारिएको चुलो निर्माण आयोजना मुगा र ३० हजार वजेट वरावरको कृषी कार्यक्रम अन्र्तगतको आयोजना मुगाको कार्यक्रम पुरा हुन नसकेको जनाईएको छ ।

यी आयोजना पुरा नहुनुमा स्थानीय स्तरवाट उपभोक्ता समितिले तालिम नपाएको जस्ता सम्स्या भएको गुनासो आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी