काठमाडौं, ८ भदौ ।
हुदै नभएको विषयलाई उठाएर एक पक्षिय समाचार मार्फत नीजि मेडिकल कलेजहरुमाथी प्रहार गरीएको भन्दै निजी मेडिकल एण्ड डेन्टल कलेज एशोशिएसनले आपत्ती जनाएको छ ।
केहि मिडियाले मेडिकल कलेजहरुको नाम जोडेर नेपाली समाजमा भ्रम फैलाउने किसिमका समाचारहरु योजनाबद्ध ढङ्गले प्रसारण गर्न थालेपछि एशोशिएसनले यस्तो आपत्ती जनाएको हो ।
नक्कली विरामी भर्ना गरेको भनेर गलत प्रचारबाजी गरेको भन्दै निजी मेडिकल कलेज संचालकहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
नक्कली बिरामी भर्ना गरेको भनेर समाचार बाहिर आएपछि निजी मेडिकल कलेज संचालकहरुले समाचार प्रति आपत्ती जनाउदै सत्य तथ्य मात्रै बाहिर ल्याउन आग्रह गरेका छन् ।
यस्तै एशोशिएसनका अध्यक्ष डाक्टर भोला रिजालले देश संकटमा परेका बेला केही व्यक्तिहरु ‘धमीलो पानीमा माछा मार्न’ लागेको भन्दै दुःख प्रकट गर्नुभयो ।
डाक्टर रिजालले, जेष्ठ नागरीकको अधिकारको सम्मान गर्नु र उनीहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायीत्व भएको भन्दै निजी क्षेत्रपनि राज्यको सहयोगी निकाय भएकाले राज्यले दिने सहयोगकै रुपमा हामीले पनि आफ्नो दायित्व सम्झेर बृद्ध बृद्धालाई उपचार दिदै आएको बताउनुभयो ।
यसरी निशुल्क दिदै आएको सेवामा नै प्रश्न उठ्ने गरी योनजा बद्ध ढङ्गले लाग्नु आफैमा आश्चर्यको विषय भएको डाक्टर रिजालले बताए । यस्तो विषयलाई भ्रामक ढङ्गले प्रचार गर्न कुनै पनि नैतिकताले नदिने समेत डाक्टर रिजालले बताउनुभयो ।