दंगाग्रस्त क्षेत्र टिकापुरको स्थिती सामान्य बन्यो,बिहानैदेखि नेपाली सेनाले गस्ती गर्दै

दंगाग्रस्त क्षेत्र टिकापुरको स्थिती सामान्य बन्यो,बिहानैदेखि नेपाली सेनाले गस्ती गर्दै

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं,८ भदौ ।

हिजो झडप भएको कैलालीकोे टिकापुर क्षेत्रको स्थिती अहिले सामान्य बनेको छ । थारुहट पक्षधर र प्रहरीबीच हिजो दिउसो भएको झडपमा अन्चल प्रहरी प्रमुख सहित ८ जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

वरिष्ठ प्रहरी अधिकारीको मृत्युपछि त्रसित बनेको कैलालीमा सरकारले हिजै दंगाग्रस्त क्षेत्र समेत घोषणा गरेको थियो । उक्त क्षेत्रमा सम्भावित घट्नालाइ ध्यानमा राखि आज बिहानैदेखि ठुलो संख्यामा रहेको नेपाली सेनाले गस्ती थालेको छ ।

टिकापूर बजार क्षेत्र अहिले सुनसान रहेको बताइएको छ । झडपमा घाईते भएका २२ प्रहरी मध्ये २ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने क्रममा हिजो थरुहटका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । टिकापुर र दुर्गौली आसपासका क्षेत्रमा हिजोबाट नै कफ्र्यु लगाइएको छ ।
यसैबीच टिकापुर बजार क्षेत्रमा हिजो राति नै करिब १ दर्जन पसल र एउटा घरमा अज्ञात समुहले आगो लगाएको छ । बजार क्षेत्रका साना पसल र स्थानीय शिब नारायण चौधरीको तिनतले घरमा आगो लगाइएको हो

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ