अष्ट ज अभियानद्धारा JEON SUNG HYUN लाई बेष्ट फ्रेन्ड घोषणा

अष्ट ज अभियानद्धारा JEON SUNG HYUN लाई बेष्ट फ्रेन्ड घोषणा

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

अष्ट ज अभियान नेपालले  सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितको प्रमुख आतिथ्यतामा “बेष्ट फ्रेण्ड” घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।

वैशाख १२ को भूकम्पलगत्तै उद्धार तथा स्वास्थ्य उपचारको लागि ४६ जना डाक्टर तथा उद्धार कर्ताको टोली नेपाल ल्याइ काठमाण्डौं, नुवाकोट, काभ्रे र ललितपुर महत्वपूर्ण योगदान पु¥याउनु भएका कोरियाली नागरिक प्राध्यापक डाक्टर JEON SUNG HYUN लाई अष्ट ज अभियान नेपालले  वेष्ट फ्रेण्ड घोषणा गरेको हो  ।

प्रमुख अतिथि मन्त्री पण्डितले नेपालमा सगरमाथा र बुद्धको पहिचान पुरानो भइसकेकोले अब देशको लागि निष्ठा र त्यागको अर्काे आवश्यकता रहेको भन्दै हरेक नेपालीले आफ्नो ड्युटी र कामप्रति इमान्दार भइदिने हो भने नेपालले विकासको बाटो फड्को मार्न समय नलाग्ने बताउनु भयो ।

नेपाललाई माया गर्ने डाक्टर मित्रलाई सम्मान गर्दै उहाँले नेपाललाई लुट्ने र नेपालप्रति माया नभएकाहरु नेपाली नभएकोले त्यस्ता व्यक्तिहरुलाई घोक्रेठ्¥याक लगाएर देश निकाला गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी यो वर्षमात्रै १० हजार युवाहरुलाई सरकारी रोजगार दिने, १० वर्ष भित्र विदेशिएका सबै नेपालीहरुलाई नेपाल फर्काउने र २० वर्षमा नेपालललाइ दाता राष्ट्रको रुपमा रुपान्तरण गर्ने आफ्नो प्रमुख उदेश्य रहेको स्पष्ट पार्नुभयो ।

आफूलाई वेष्ट फ्रेण्ड घोषणा गरेकोमा खुसी व्यक्त गर्दै कोरियन डा. JEON SUNG HYUN ले आफू पूर्व जन्मको नेपाली हो कि भन्ने महसुस गरेको बताउनु भयो ।

यो घोषणाले नेपाल प्रतिको जिम्मेवारी थपिएको भन्दै उहाँले कुनै पनि मूल्य चुकाएर नेपालको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रमका सभापति तथा ‘अष्ट ज अभियान नेपाल’ का अध्यक्ष लोककृष्ण भट्टराईले कृषि प्रधान देशको लागि नेपाल सरकारले ४ प्रतिशत बजेट विनियोजन गर्नु लज्जास्पद भएको बताउदै नेपाली माटोलाई माया गर्ने विदेशी मित्रलाई बेष्ट फ्रेण्ड घोषणा गर्ने अवसर मिलेको बताउनुभयो ।

कार्यक्रममा अभियानका महासचिव नीलकण्ठ तिवारीले ‘अष्ट ज अभियान’ कुनै एनजिओ नभएर एउटा आन्दोलन भएको बताउदै माटो र हावापानीको व्यवसायिक प्रयोगमा चौतर्फी ऐक्यबद्धताको खाँचो औल्याउनुभयो । कोरीयाली डाक्टरले नेपाल र नेपाली प्रति दर्शाएको माया र सद्भावका बारेमा  रुद्ध शर्माले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा रामलाल श्रेष्ठ, चन्दा थापा, निपेश ढाका, पुष्कर केसीलगायत अष्ट ज का अभियन्ताहरुको बाक्लो उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ