एसएसपि न्यौपानेको हत्या हुनु अघि अन्तिम भेट छोरासँग ,प्रहरीभित्र मिजासीला थिए उनी

एसएसपि न्यौपानेको हत्या हुनु अघि अन्तिम भेट छोरासँग ,प्रहरीभित्र मिजासीला थिए उनी

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाण्डौ ,७ भदौ ।

कैलालीमा भएको झडपमा परी एसएसपी लक्ष्मण न्यौपानेको मृत्यू भएपछि उनको परिवार शोकमा डुबेको छ ।

एसएसपी न्यौपाने सोमवार कैलालीको टीकापुर तनावपूर्ण बनेपछि आन्दोलनकारीलाई सम्झाउन गए , तर न्यौपानेलाई पछाडिबाट आन्दोलनकारीले भाला रोपेर हत्या गरे ।

स्नातकको परिक्षा दिएर बुवालाई भेट्न डेढ महिनाअअघि धनगढी पुगेका छोरा सन्देश घुम्न आएका छोरालाई धनगढीमा छोडेर लक्ष्मण टिकापुरमा उत्पन्न तनाव नियन्त्रण गर्न पुगेका न्योपानेको डियुटिकै क्रममा ज्यान गयो ।

सबैभन्दा पहिले आफ्ना बाबुको निधन भएको खबर सुनेका छोरा शन्देशले घरमा फोन गरी आमालाई जानकारी गराए । ‘आमा, बुवा रहनुभएन,’ अपरान्ह तीन बजे सन्देशले रुदै भने । छोराको मुखबाट जीवनसाथी गुमाएको समाचार सुनेकी उनी बेहोस भईन ।

खबर सुनेलगत्तै मुर्छित बनेकी उनकी पत्नी अरुणा अहिलेसम्म अर्धचेतको अवस्थामा रहेकी छन् ।

धेरैबेरसम्म होशमा नआएपछि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो ।
करिब ३ घन्टा अस्पतालमा राखेर बेलुकी साढे ६ बजे उनलाई घर फर्काइएको छ । तर, उनी अझै अर्धचेतको अबस्थामा रहेकी छिन् । आमासगै रहेकी छोरी संयुक्ताले पनि कसैलाईै केहि प्रतिक्रिया दिन सकिनन् ।

सञ्चारमाध्यममा एसएसपी न्यौपानेको मृत्यूको खबर सुनेपछि सिनामंगलस्थित उनको घरमा छरछिमेकी तथा आफन्तहरु घिड जम्मा भएको छ । राति अबेरसम्म पनि घर परिसरमा मानिसहरु भिड छ । अस्पतालबाट प्रहरीको गाडीमा ल्याइएकी अरुणा र छोरी संयुक्तालाई लक्ष्मणका जेठा दाजु जनार्दनको घरमा राखिएको छ ।

सिनामंगलमा लक्ष्मण र जनार्दनको घर आसपासमै छ । लक्ष्मणका ६ दाजुभाईमध्ये ५ जनाको घर काठमाडौंमा छ भने एक जना चन्द्रगढीमा बस्छन् । बुवा बितिसकेका र आमा जेठो छोरासागै बस्छिन् ।

सन्देशले बुवाको शव लिएर मंगलबार काठमाडौं आउने खबर पठाएको बताईएको छ ।
एसएसपी न्यौपानेका आमा, श्रीमती तथा एक छोरा र एक छोरी छन् । छोरा सन्देश र छोरी संयुक्ता दुवैले स्नातकको पढाई सकेका छन् ।

प्रहरी भित्र कस्तो छवी थियो त एसएसपि न्यौपानेको ?

कैलालीमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षकको मृत्यु भएपछि नेपाल प्रहरी स्तब्ध भएको छ ।
२०१९ सालमा झापा, चन्द्रगढीमा जन्मेका लक्ष्मण इन्सपेक्टर पदबाट २०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६८ सालमा एसएसपिमा बढुवा भएका हुन् ।
यसअघि प्रहरी प्रधानकार्यालय नक्सालमा कार्यरत न्यौपाने एक वर्षअघि सेति अञ्चलको प्रहरी प्रमुख भएर गएका थिए ।

उनले त्रिचन्द्र क्याम्पसबाट एमएस्सीसम्मको अध्ययन गरेका थिए ।
केही समयअघि मात्रै सेती अञ्चल प्रमुखको जिम्मेवारी सम्हाल्न कैलाली पुगेका थिए, एसएसपी न्यौपाने । प्रहरीभित्र निकै मिजासिलो मानिएका न्यौपाने नेकपा एमालेका नेता मुकुन्द न्यौपानेका काकाका छोरा हुन् ।

सोमबार बिहान थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्ने योजना बनाएको थियो ।

सोही अनुसार थारु समुदायका झण्डै ८ हजारभन्दा बढीको संख्यामा आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोक्यो ।

सुरक्षाकर्मीलाई धकेल्दै अघि बढेका आन्दोलनकारी पशु हाटमा पुगेपछि केहीबेर झड्प भयो । प्रहरीले अश्रुग्यास हानेपछि आन्दोलनकारी झनै उत्तेजित बने ।

फिल्डमै खटिएका एसएसपी न्यौपाने आन्दोलनकारीलाई सम्झाउन अघि बढे । तर, आन्दोलनकारीहरुले कब्जामा लिँदै उनीमाथि एक्कासी भाला र गोली प्रहार भयो ।

त्यसपछि घाइते बनेका उनलाई आन्दोलनकारीले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको कैलाली प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ