भदौ ७ काठमाण्डौं ।
गत बैशाख १२ गते गएको बिनाशकारी भुकम्पले भत्किएको टोखा नगरपालिका–१३ गोंगबु स्थित पाल्पा बुटवल गेष्ट हाउसको भग्नावशेष हटाउने क्रममा ३ जनाको मानव कंकाल फेला परेको छ ।
भुकम्पको समयमा बेपत्ता भएका होटल संचालिका पाल्पा हेलाङ–९ घर भएकी २८ वर्षीया भुमिकला रेग्मी सिंजाली, उनकी छोरी अनुष्का सिंजाली र कामदार नुवाकोट मदानपुर–१ घर भएका १८ वर्षीय मुकेश बर्देवाको कंकाल आइतबार भग्नावेष हटाउने क्रममा फेला परेको हो ।
कंकाल पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline