विरोध प्रदर्शन र निषेधज्ञाका नाममा अत्यधिक बल प्रयोग नगर्न थर्ड एलायन्सको आग्रह

विरोध प्रदर्शन र निषेधज्ञाका नाममा अत्यधिक बल प्रयोग नगर्न थर्ड एलायन्सको आग्रह

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

बाँके, ७ भदौ ।

तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालयले संघीयताको सीमाङ्कनलाई लिएर भइरहेका विरोध प्रदर्शन र निषेधज्ञाका नाममा अत्यधिक बल प्रयोग नगर्न आग्रह गरेको छ ।

थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजका संयोजक आलम खानले सोमबार एक विज्ञप्ति निकाल्दै अनावश्यक बल प्रयोग नगर्न प्रहरीलाई निर्देशन दिनसमेत सरकारसँग आग्रह गरेको हो

विज्ञप्तिमा प्रहरीलाई बल प्रयोग गर्नुपर्ने अवस्थाबारे अन्तराष्ट्रिय मान्यताको अनुसरण गर्न पनि आग्रह गरिएको छ ।

दलहरुले ६ प्रदेशको सीमाङ्कनमा सहमति गर्ने बित्तिकै मुलुकका विभिन्न ठाउँमा त्यसको विरोधमा प्रदर्शन सुरु भएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट बाँकेमा ३४, बर्दियामा २४,कैलालीमा १७ जना घाईते भएका छन् । घाईतेहरुको तत्काल निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन पनि सरकार संग माग गरिएको छ ।

यता निषेधज्ञाका नाम प्रहरीले सर्वसाधारण नागरिक माथि टोल टोलमा प्रबेश गरी आक्रमण गर्नुका साथै नियन्त्रणमा लिई बन्दी बनाउने काम गरेको कार्यप्रति थर्ड एलायन्सले घोर निन्दा गर्दछ ।

बाँके प्रहरीले संयुक्त लोकतन्त्रीक मधेशी मोर्चाका सदस्य सचिव ललित रौनियार,राम कुमार दिक्षित सहित १० जनालाई संघीय समाजबादी फोरम नेपालको पार्टी कार्यालयबाट नियन्त्रणमा लिई बन्दी बनाएकोले तत्काल पक्राउ परेकाहरुलाई सार्वजानिक गरी रिहा गर्न स्थानीय प्रशासन संग मधेशी मोर्चाले माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ