टिकापुरमा सोमबार प्रहरीलाई जिउँदै जलाइयो, गृहमन्त्री गौतम

टिकापुरमा सोमबार प्रहरीलाई जिउँदै जलाइयो, गृहमन्त्री गौतम

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाण्डौ ,७ भदौ ।

गृहमन्त्री बामदेव गौतमले कैलालीको टिकापुरमा सोमबार प्रहरीलाई जिउँदै जलाइएको बताउनु भएको छ ।
टिकापुरमा सोमबार थहरुट समर्थक आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा २२ जनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ।

घटनाबारे सोमबार अपरान्ह संसदमा जानकारी दिँदै गौतमले टिकापुरमा प्रहरी जवान रामविहारी चौधरीलाई आन्दोलनकारीले जिउँदै आगो लगाएको बताउनु भयो ।

उहाले प्रहरीका ३ वटा शव क्षतविक्षत अवस्थामा रहेकाले उनीहरुको परिचय खुल्न नसकेको पनि बताउनु भयो ।
यस्तै, नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलाई भाला रोपिएर मारिएको उहाले बताउनु भयो ।
अन्य प्रहरीहरुलाई पनि भाला, बन्चरो तथा हँसिया जस्ता घरेलु हतियार प्रयोग गरी हत्या गरीएको मन्त्री गौतमले जानकारी दिनुभयो ।

अहिले आक्रमणकारी सडकबाट हटी गाउँका घरहरुमा लुकेर बसेको उहाले सदनलाई जानकारी दिनुभयो । गृहमन्त्री गौतमका अनुसार रौतहटको गौरमा पनि भाला, भाटा, डण्डा लिएर मानिसहर सडकमा निस्किएका छन्।

गौरमा दक्षिणतिरबाट धेरै मानिसहरु शहर प्रवेश गरेको बताए। गृहमन्त्री गौतमका अनुसार सर्लाहीमा पनि घरेलु हतियार लिएका मानिसहरु ठूलो संख्यामा सदरमुकाम मंगलवा तर्फ गइरहेको बताउनु भयो ।

नियोजित रुपमा यस्तो घटना गराइएको उहाले पटकपटक दोर्होयाउनु भएको थियो । उहाले सामाजिक सद्भाव कायम राख्नका लागि सदनबाट आव्हान गर्न पनि सदन समक्ष माग गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी